काठमाडौं, मंसिर ८ – नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको दोस्रो दिन झिनो अंकले घटेको छ । नेप्से आज २ दशमलव ३८ अंकले घटेर १ हजार ७८० दशमलव ४३ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार सोमबार ४ अर्ब ७६ करोड २७ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ४ वटा समूहबाहेक अन्य घटेका छन् ।
साेमबार २ कम्पनीहरु अर्थात हाईड्रोइलोक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र हिमालयन डिष्टिलरी लिमिटेडकाे शेयरमूल्य सबैभन्दा बढी ९.९२ र ९.४५ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS