काठमाण्डौं– स्ट्याण्डर्ड चार्टड बैंकले गत वर्षको (२०७४/०७५) नाफाबाट १७.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफा बाट लाभांश दिने घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्ष शत प्रतिशत बोनस सेयर दिएको थियो भने ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो
बैंकले घोषणा गरेको नगद लाभांश नियामक राष्ट्र बैंक र बैंककै साधारण सभाबाट पारित भएपछि वित्तरण हुनेछ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
यही पुँजीको साढे १७ प्रतिशत नगद लाभांश बैंकले दिन लागेको हो ।
FACEBOOK COMMENTS