काठमाडौं, मंसिर १७ – चीनको अन्तरिक्ष यानले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ।
रोबोटिक ‘चाङ अ फाइभ मिसन’ अन्तर्गत गएराति अन्तरिक्ष यान चन्द्रमा पुगेको हो। उक्त मिसन अन्तर्गत उक्त यान त्यहाँ चट्टान र धूलो संकलन गरेर फेरि पृथ्वी फर्कने छ।
यानमा रहेको ल्यान्डरले मन्स रुम्केर उच्च ज्वालामुखी क्षेत्रलाई आधार बनाएर केही दिन त्यहाँको वस्तुगत अवस्था र सामाग्रीहरुको अध्ययन गर्नेछ। ल्यान्डरमा क्यामेरा, रेडार, स्कुप, ड्रिल र स्पेक्ट्रोमिटर जडान गरिएको छ।
FACEBOOK COMMENTS