काठमाण्डौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बनाएको विद्युत् अनुमतिपत्रसम्बन्धी निर्देशिकामा स्वतन्त्र ऊर्जा उत्पादकहरूले आपत्ति जनाएका छन् ।
निर्देशिकामा विद्युत् आयोजनाको जडित क्षमता निर्धारण क्यू फोर्टी फाइभको आधारमा हुने प्रावधानप्रति ऊर्जा उत्पादकहरूले विरोध जनाएका हुन् ।
मन्त्रालयले कात्तिक ७ गते निर्देशिका स्वीकृत गरेको निर्देशिकामा ‘जलविद्युत् आयोजनाको जडित क्षमता हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोब्याबिलिटी अफ एक्सिडेन्स क्यू फोर्टी फाइभको आधारमा’ हुने प्रावधान राखिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले मंगलबार पत्रकार सम्मेलन गरी निर्देशिकामा राखिएको यो प्रावधानप्रति आपत्ति जनाएको हो ।
– कान्तिपुर
FACEBOOK COMMENTS