काठमाडौं, मंसिर २६ – चीनका लागि अमेरिकामा जासूसी गर्ने एक महिलाको विषयमा एक्सियोस डट्कमले खुलासा गरेको छ । रिपोर्टअनुसार, चिनियाँ महिलाले पाँच वर्ष अमेरिकामा बस्दा अनेकौं नेतासँग रोमान्टिक समबन्ध बनाइन् । कम्तीमा दुई नेताले महिलासँग रात पनि बिताए ।
समाचारअनुसार, फाङ फाङ नामक गरेकी महिला चीनको गुप्तचर संस्थाका लागि काम गरिरहेकी थिइन् । उनले कैयौं अमेरिकी नेताहरूका लागि फन्ड समेत जुटाएकी थिइन् ।
फाङ सन् २०११ देखि २०१५ सम्म क्यालिफोर्नियामा बसेको अनि एफबीआईले समात्न सक्छ भन्ने लागेपछि अमेरिकाबाट भागेको बताइएको छ ।
फाङले अमेरिकी सांसद एरिक स्वालवेल र तुलसी गाब्बार्डका लागि फन्ड जुटाउन सहयोग गरेकी थिइन् । क्यालिफोर्नियाको राजनीतिक वृत्तमा उनी प्रख्यात भएकी थिइन् र उनले दुई नेतासँग शारीरिक सम्बन्ध पनि बनाइन् ।
फाङको गतिविधिले चीन सूचना पाउनका लागि जुनसुकै हदसम्म जान सक्छ भन्ने देखाएको छ ।
फाङ अमेरिका पुग्नका लागि क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा भर्ना भएकी थिइन् । उनी चाइनिज स्टुडेन्ट एसोसिएसन र एसिया प्यासिफिक आइल्यान्डर अमेरिकन पब्लिक अफेयर्सकी अध्यक्ष पनि छानिएकी थिइन् ।
त्यसैमार्फत उनले क्यालिफोर्नियाको राजनीतिक वृत्तमा प्रवेश गरेकी थिइन् ।
FACEBOOK COMMENTS