काठमाडौं – अनलाइन कारोबार प्रणालीमा विभिन्न समस्या देखिएको भन्दै लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गर्न पुगेका छन् ।
समस्याको समाधान नगर्दा सेयर बजारमा ठूलो असर गरेको भन्दै पुँजी बजार लगानीकर्ताहरुका विभिन्न ४ वटा संगठन नेप्से कार्यालय घेराउ गर्न पुगेका हुन् ।
नेपाल पुँजी बजार संघका अध्यक्ष नवराज सुवेदी, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियार र सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल ले आ–आफ्नो संघको नेतृत्व गरेका छन् ।
काम गर्न नसक्ने भए नेप्सेका सीईओले राजिनामा दिनु पर्ने माग गरेका थिए ।
FACEBOOK COMMENTS