काठमाण्डौं — चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै नवलपरासीमा ३८० लघु, घरेलु तथा साना उद्योग थपिएका छन् ।
ती उद्योगको दर्ताबाट घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले रु एक करोड २० लाख २१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ ।
उद्योग स्थापना हुने क्रम बढ्न थालेपछि पछिल्लो समय नवलपरासी औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको छ ।
जिल्लामा लघु, घरेलु तथा साना उद्योग मात्र नभएर मझौला तथा ठूला उद्योग स्थापना हुने क्रम पनि बढ्दो छ ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा पाँच करोडसम्मको लगानी भएका सबैभन्दा धेरै सेवा उद्योग दर्ता छन् ।
पछिल्लो चार महीनाको अवधिमा पनि सबैभन्दा बढी १६६ वटा सेवामूलक उद्योग नै दर्ता भएको कार्यालय प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।
आव २०७४र७५ सम्म दुई हजार ४८३ सेवामूलक उद्योग दर्ता थिए ।
— कारोबार
FACEBOOK COMMENTS