काठमाण्डौं — चौतारी लघुवित्त वित्तिय संस्थाले मंसिर १९ गतेदेखि ६ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।
कम्पनीले ०.५ प्रतिशत अर्थात ९ हजार ३ सय कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ५ लाख ६० हजार ७ सय कित्ता सर्वसाधारणका लागि बिक्रि खुला गर्न लागेको हो ।
१०० रुपैयाँ दरको यस सेयरका लागि न्युनतम ५० कित्ता र अधिकत्तम ३ हजार कित्ताका लागि आवेदन दिन पाउँनेछन् ।
आवेदन मंसिर २३ गतेसम्म दिन सकिनेछ ।
यदि सो समयमा पनि पर्याप्त आवेदन नपरेको अवस्थामा भने पुस १९ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।
FACEBOOK COMMENTS