काठमाडौं – नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने तयारी भैरहेको छ ।
आर्थिक संकट चुलिदैं गएपछि निगमलाई निजिकरण गर्ने तयारी भैरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी बताएका हुन् ।
कमाउने संस्था सधै घाटामा भएकोले सरकारले चलाउन नसक्ने भन्दै अधिकारीले निगमलाई साझेदारी संस्थाको खोजी भैरहेको बताएका हुन् ।
‘निगम एउटा कमाउने संस्था हो, यसमा यो वर्षको लागि ६ अर्ब लगिसकेको अब यसमा सरकारले थप हेर्ने अवस्था छैन, हामी निगमको बारेमा २ हत्ताभित्र कम्पनी मोडेलमा लैजाने गरी काम गरिरहेका छौं मन्त्री अधिकारीले भने ।’
उनले वाइड बडी खरिद प्रक्रियामा घोटला भएको विषयमा सार्वजनिक लेखा समिती, संसदिय समिती र अख्तियारले समेत अध्ययन गरिरहेकोले यसको रिर्पोट आएपछि मात्र कारबाहि प्रक्रिया अघि बढ्ने मन्त्री अधिकारीको भनाई थियो ।
निगमलाई रणनितिक साझेदार खोज्नका लागि फा्इल अघि बढिसकेको छ । वाइड बडी ल्याएपछि निगमको ऋण चुलिएको हो । तर यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा निगमले आर्थिक संकट बेहोरेको हो ।
FACEBOOK COMMENTS