काठमाण्डौँ —काठमाडौं–तराई–मधेस दु्रत मार्ग (फास्टट्र्याक) निर्माण विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बिनै काम अघि बढाइएको छ।
फास्टट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ।
विगतमा भारतीय कम्पनी आइएल एन्ड एफएसले बनाएको डिपिआरको मूल्य निकै बढी तोकेपछि सेनाले उक्त डिपिआर खरिद गर्न अस्वीकार गरेको थियो।
त्यो डिपिआर खरिद नगरेपछि यतिखेर सेनासँग फास्टट्र्याकको नयाँ डिपिआर छैन।
सेनाले दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीलाई डिपिआर तयार गर्न लगाएको छ।
सेनाका प्राविधिक उपरथी तथा फास्टट्र्याक आयोजना प्रमुख योगेन्द्रबहादुर खाँणले आउँदो माघसम्म डिपिआर तयार हुने बताए।
सेनाले अघिल्लो वर्षको साउन २७ देखि फास्टट्र्याकमा काम थालेको हो।
सेनाका अधिकारीले तोकेकै समयमा काम सक्नुपर्ने भएकाले डिपिआर नपर्खेको बताए पनि तालुकवाला भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका प्राविधिकले असन्तुष्टि जनाएका छन्।
— नागरीक
FACEBOOK COMMENTS