काठमाडौं, माघ ६- पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । पुलका उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका हुन् ।
वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४ गतेबाट निर्माणकार्य शुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो ।
सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताए । मेची नदीपारि पनि नेपाली बस्ती ठूलो छ । मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा नेपाली बस्ती रहेको छ ।
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन पनि सञ्चालनमा छ ।
नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।
देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।
FACEBOOK COMMENTS