बुुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जमिनमा बढेको अस्वाभाविक मूल्यवृद्धिले नयाँ उद्योगी स्थापित हुन नसकेको दाबी गरेका छन् ।
उनले जमिनको मूल्यवृद्धिले औद्योगिकरण र लगानीमैत्री वातावरण बनाउन चुनौती रहेको बताए ।
उनले त्यसको स्थायी समाधानका लागि जमिनलाई मुद्दतीका हिसाबले नराख्न समेत आग्रह गरेका हुन्।
रुपन्देही उद्योग संघको ४१ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले उद्योगमा भन्दा व्यापारमा बढी लगानी गरेका कारण गुणस्तरीय उत्पादनमा कमी आएको बताए ।
उनले प्रदेश सरकार उद्योगीका सबै समस्या समाधान गर्ने गरी उद्योगमैत्री कानुन निर्माणमा लागेको बताएका छन् ।
FACEBOOK COMMENTS