काठमाडौं, माघ ८- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् । बधाई सन्देश दिँदै भण्डारीले बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।
उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना गर्दै कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री ओलीले ट्वीटमार्फत् बाइडेनलाई सफल कार्यकालको शुभकामना दिएका छन् । बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिनुका साथै पद सम्हालेका छन्।
FACEBOOK COMMENTS