काठमाण्डौँ — सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ ।
निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्याएका थिए ।
‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने भनिएको तर ‘व्यवस्थापनको बेलैमा निर्णय नगर्दा डेढ महिना भइएको जनाइएको छ ।
क्लालामपुरस्थित निगमको विमान मर्मत गर्ने जिम्मा लिएको डेभिएसन कम्पनीले इन्जिन एक्सरे गर्दा थप प्राविधिक गडबडी देखाएको स्रोतले बतायो।
— कान्तिपुर
FACEBOOK COMMENTS