काठमाण्डौँ — नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रा.लि. (विशाल समूहको सहायक कम्पनी) ले बिहीबार देखि रेनो एक्सचेन्ज क्याम्प सुरु गरेको छ ।
पुस ६ गते संचालन हुने क्याम्प सम्म ‘पुरानो छोडौं १ नयाँ गुडाऔँ’ भन्ने ट्यागलाईनका साथ आयोजना गरिएको यो कार्निभलमा नेपाल अधिराज्यभरबाट पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।
रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निःशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्रि, इजी फाइनान्स सुविधालगायत सेवा उपलब्ध गराएको छ ।
कप्नीका अनुसार ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरेबापत आकर्षक उपहार जित्नेछन् ।
रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS