काठमाडौँ — सर्वोच्च अदालतले पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ दिएको छ ।
न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्ट्याएको हो ।
विशेष अदालतले २६ लाख ८३ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहरसहित २०६८ चैत २१ गते बोहरालाई एक वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।
सम्पत्तिको स्रोत नखुलेकाले जफत गरी त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसलामा उल्लेख थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहराले २ करोड ३८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबीसहित मुद्दा दायर गरेको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS