काठमाडौँ, माघ २६ – नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ।
यस्तै कोरोना भाइरसबाट हालसम्म डिस्चार्ज हुनेको संख्या हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ। सोमबार मात्रै १ सय ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यस्तै देशभरमा १३० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा खोटाङमा एक जना, सुनसरीमा दुई जना, पर्सामा एक जना, सर्लाहीमा एक जना, काठमाडौँमा ४५ जना, काभ्रे पलाञ्चोकमा एक जना, चितवनमा ११ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै दोलखामा एक जना, भक्तपुरमा दूई जना, ललितपुरमा ११ जनालाई कोरोना संक्रमण पु्ष्टि भएको छ भने कास्कीमा १८ जना, गोरखामा एक जना, तनहुँमा एकजना, नवलपरासी पुर्वमा ३ जना, स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै गुल्मीमा एक जना, दाङमा एक जना, बर्दियामा एक जना, बाँकेमा १२ जना, रुकुम पूर्वमा एक जना, रुपन्देहीमा ५ जना, रोल्पामा एक जना, सुर्खेतमा एक जना, कञ्चनपुरमा एक जना, कलालीमा एक जना कोरोना संक्रमित थपिएका छन् भने डोटीमा एक जना, बाजुरामा एक जना र बैतडीमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलय जनाएको छ।
हाल देशभर १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको छ।
FACEBOOK COMMENTS