काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले पत्रकारहरुमा विज्ञापनदाता बाहेक अरुलार्इ विरोधमात्र गर्ने प्रवृत्ति रहेको भन्दै आपत्ति जनाएका छन् ।
मन्त्री खतिवडाले सरकारले गर्ने हरेक काम कारबाहीको निगरानी गर्दै राम्रो र नराम्रा दुवै पक्षलाई उत्तिकै पश्रय दिएर समाचार लेख्न आग्रह गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को चौथो महासभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले पत्रकारहरुले आलोचनात्मक सहयोग गर्नुपर्ने टिप्पणी गरे ।
महासभाले यसअघिको समितिलाई विस्थापन गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ ।
आर्थिक क्षेत्रका पत्रकारहरुको हित र उनीहरुको क्षमता तथा वृत्ति विकासमा सहयोग पुर्याउने उद्देश्यले करिब १० वर्षअघि उत्त संस्था स्थापना भएको थियो ।
FACEBOOK COMMENTS