काठमाण्डौं — सरकारले इन्जिनियरको न्युनतम पारिश्रमिक तोक्ने भएको छ।
प्रधानमन्त्री केपीशर्मा ओलीले इन्जिनियरको न्युनतम पारिश्रमिक तोक्न सरकार तयार रहेको बताए ।
सेवा सुविधा वृद्धि तथा खोसिएको भत्ता पूर्ववत् कायम हुनुपर्ने लगायत ७ बुँदे मागसहितको नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनको ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले इन्जिनियरको पेशागत सुरक्षा र न्युनतम पारिश्रमिक निर्धारण गर्न सरकार तयार रहेको बताएका हुन्।
शनिवार अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा प्रगतिशील इन्जिनियर एशोसिएसनका पदाधिकारीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका थिए।
— नागरीक
FACEBOOK COMMENTS