काठमाण्डौं — आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ ।
परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ ।
चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ ।
राजदूत शेर्पालाई स्पष्टीकरण दिन मन्त्रालयले स्वदेश बोलाएको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले बताए ।
शेर्पाले एक चरण लिखित स्पष्टीकरण पठाए पनि त्यसबाट चित्त नबुझेपछि स्वदेश बोलाइएको हो ।
राजदूत शेर्पाले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएकी छिन् ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS