काठमाण्डौं– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले तीन सिंचाई आयोजनाको स्थलगत भ्रमणको लागि कार्यदल गठन गरेको छ ।
मंगलबार भएको बैठकमा कार्यदलमा सितादेवी यादवको संयोजकत्वमा ५ सदस्य कार्यदल गठन गरिएको हो ।
वाग्मती , कमला र केशी सिचाई आयोजनाको लागि गठन भएको कार्यदलले त्यहाँको समस्या के के छन् र प्रगती के छ प्रतिवेदन बुझाउन समितिलाइ बुझाउने छ ।
भ्रमण कार्यदलमा घनश्याम खतिवडा , सुर्यचन्द्र दास , रेणु यादव रहेका छन् । आमन्त्रीत सदस्यमा पुर्वमन्त्री हरिवोल गजुरेललाई राखिएको छ ।
बैठकमा संसदहरुले मन्त्रीहरु कुनै पनि ठाउँमा जाँदा त्यहाँको जनप्रतिनिधीलाई जानकारी नदिएको गुनासो गरेका छन् । संसद सुर्य चन्द्र दासले सबै कुरा मन्त्रीलाई थाहा हुँदैन, त्यहाँको जनप्रतिनिधीलाई संगै लगेर गए मन्त्रीको स्थलगत निरिक्षण परिणाम मुखी हुने बताएका थिए ।
FACEBOOK COMMENTS