काठमाडौं – सरकारले मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण गर्ने उदेश्यले ल्याउन लागेको कार्यकारी आदेशलाई रोक्न चेम्बर अफ कमर्श पहल थालेको छ ।
गृहमन्त्रालयले मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५ मार्फत मदिरा नियन्त्रणको प्रयास गरेपछि व्यवसायिक संस्थालेनै पहल थालेका हुन्।
नेपाल चेम्बर अफ कमर्शले आदेश कार्यान्वयनपछि आउने समस्याका बारेमा छलफल गरेको छ। विहिबार होटल संघ नेपाल, रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल, नेपाल मदिरा उत्पादक संघ र नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका प्रतिनिधिसँग छलफल गरेको थियो।
छलफलमा उनीहरुले सरकारले ल्याउन लागेको नीति कार्यान्वयनमा आएमा धेरै उद्योगी व्यवसायी संकटमा पर्ने बताएका थिए।
व्यवसायीले भनेका छन् सरकारले ल्याउन लागेको मदिरा नियन्त्रण सम्वन्धी कार्यकारी आदेशले धेरै उद्योगी व्यवसायी संकटमा पर्ने देखिएको छ। पर्यटन वर्ष २०२० लाई पनि यसले प्रत्यक्ष प्रभावित बनाउने निकर्ष निकालेका छन् ।
FACEBOOK COMMENTS