काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा सरकारले पुरानै गाडीलाई प्रयोगमा ल्याउने भएको छ ।
सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको आवत–जावतका लागि विभिन्न सरकारी निकाय मातहतका सुविधा सम्पन्न गाडी प्रयोग गर्ने तयारी गरिएको हो ।
विमस्टेक राष्ट्रका विशिष्ट पाहुनालाई पूर्वराजा र राजपरिवारका सदस्यले विगतमा प्रयोग गरेका, परराष्ट्र र अन्य मन्त्रालय मातहतका ‘बुलेट फ्रुफ’ गाडी उपलब्ध गराउने तयारी अघि बढाइएको छ ।
चौथो सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदै छ ।
– नेपाल समाचारपत्र
FACEBOOK COMMENTS