काठमाडौं, फागुन १६ – सनराइज बैंकका ग्राहकहरुले शिवपुरीको ग्रीन भ्याली रिर्सोटमा छुट पाउने भएका छन् । आइतबार बैंक र डाँडगाँउ शिवपुरीस्थित रिर्सोटसँग ग्राहकहरुलाई विभिन्न छुट दिने सम्झौता भएको हो ।
यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसंग खाना र बेबरेज सुविधामा बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट पाउनेछन् ।
बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको छ ।
FACEBOOK COMMENTS