काठमाण्डौँ — भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा अघि बढेको छ।
धावनमार्गमा कालोपत्रे सहितका अन्य संरचनाको निर्माणलाई तीव्र पारिएको हो।
हालसम्म विमानस्थलको ५८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
विमानस्थलको महत्वपूर्ण पक्ष धावनमार्गको पहिलो तहमा कालोपत्रे भइरहेको छ।
चार तहपछि धावनमार्ग तयार हुन्छ।
एउटा तह सम्पन्न गर्नका लागि १५ देखि १८ दिन लाग्छ।
आयोजनाका अनुसार धावनमार्गको पहिलो तहको ५० प्रतिशत (१५ सय मिटर) काम सम्पन्न भइसकेको छ।
मौसमका कारण बाधा उत्पन्न नभए झन्डै दुई महिनामा धावनमार्ग सम्पन्न हुने आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए।
विमानस्थलको निर्माण सम्पन्न गर्न २०१९ जुन २८ तारिखसम्म म्याद छ।
अबको सात महिनासम्म म्याद रहे पनि पाँच महिनाभित्रै मुख्य संरचना निर्माण गरेर आंशिक रूपमा विमानस्थल सञ्चालनमा ल्याउन आयोजनाको लक्ष्य छ।
आंशिक रूपमा विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुनेछ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS