काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लालशंकर घिमिरेलाई अर्थमन्त्रालयमा सरुवा गरेको छ ।
अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएका छन् ।
ढुंगानाको ठाउँमा घिमिरेलाई ल्याइएको छ भने घिमिरेको स्थानमा ढुंगाना जानेछन्।
तत्कालीन् अर्थमन्त्री वर्षमान पुनसँग असझदारीपछि घिमिरे अर्थ मन्त्रालयबाट बाहिरिएका थिए। घिमिरे पछिल्लो पटक अर्थको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए।
मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो।
FACEBOOK COMMENTS