काठमाण्डौं – सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल १४ औं चाईना – साउथ एसियन काउन्सिलको बैठकमा भाग लिएका छन् ।
कार्यक्रममा सार्कराष्ट्रका चेम्बरहरु साथै चीनका सरकारी संस्था सिसिपिआईटी, आईसिसि लगाएत ठुलो विजनेस कम्युनिटीको उपस्थीत रहेको ढकालले बताएका छन् ।
बैठकमा औद्योगीकीकरणका समस्या र समाधानका विषयमा साथै साउथ एसियालाई उत्पादनको हब कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जनाइएको छ ।
कार्यक्रम सम्बोधनमा सार्क चेम्बर उपाध्यक्ष ढकालले उत्पादित सामाग्रीको लागि सार्क राष्ट्र ठुलो मार्केट भएको बताए । उनले अहिले साउथ एसियामा चिनियाँ ठुलो मार्केट भएकाले चीनलाई लगानी गर्न आव्हान गरेको बताए ।
साथै बैठकमा नेपाल लगानीको लागि उपयुक्त रहेको बताए ।
चिनीयाँ लगानिकर्तालाई नेपालको जलविद्युत, पर्यटन लागएतका क्षेत्रमा लगानी गर्ने राम्रो वातावरण रहेको जानकारी गराएका थिए । नेपालमा युवा जनशक्ति धेरै भएकाले उद्योग स्थापना पश्चात कामदारको अभाव नरहेको विषयमा पनि जानकारी गराएको बताए ।
नेपाल सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा मनाउन लागेको र यसमा चिनीयाँ पर्यटक उल्लेख्य आउने विश्वास गरेको बताए ।
FACEBOOK COMMENTS