काठमाण्डौँ — मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी ठेकेदारलाई दिएर तत्काल पूरा गर्न विज्ञहरूले सुझाएका छन् ।
जलविद्युत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाइ उनीहरूको छ ।
पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’को काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने बताए ।
सुरुङ खन्ने काम सकिएकाले हेडवर्कस्, भेन्टिलेसनलगायत काम स्वदेशी ठेकेदारले गर्न सक्ने उल्लेख गर्दै उनले मन्त्रिपरिषद्बाट तत्काल निर्णय गरेर आयोजनासम्बन्धी अन्योल अन्त्य गर्नुपर्ने बताए ।
सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा ४६ दिनभित्र काठमाडौंमा पानी ल्याउने कार्यतालिका प्रभावित भएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले परामर्शदातालाई ७ दिनभित्र सम्पूर्ण सुरुङको अवस्थाबारे प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए ।
आयोजनाका पदाधिकारीलाई जानकारी नदिई सोमबार नेपाल छाड्न लागेका सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेचोसहितका ८ अधिकारीलाई प्रहरीले रोकेको थियो ।
सीएमसी अधिकारीले ठेक्का तोडेको पत्र बुझाउँदै काम गर्न अस्वीकार गरिएको हो ।
— कान्तिपुर
FACEBOOK COMMENTS