काठमाडौं, चैत ९ –युरोपियन युनियन (ईयू)ले म्यानमारमा सैन्य कू’मा संलग्न ११ जनामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । ईयूका परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन ब्रसेल्स आइपुगेका ईयूका वैदेशिक मामिला प्रमुख जोसेफ बोरेलले सो जानकारी दिएका हुन् ।
प्रदर्शनकारीमाथि दमन गर्ने र कू’मा संलग्नहरुलाई प्रतिबन्ध लगाउन लागिएको बोरेललाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।गएको फेब्रअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित अन्य नेताहरुलाई नियन्त्रणमा लिई सत्ता हातमा लिएको थियो । त्यसयता जारी सेनाविरोधी प्रदर्शनमा सेनाले शक्ति प्रयोग गर्दा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
मन्त्रीहरुको बैठकले ती अधिकारीहरुको नाम औपचारिक रुपमा तय गरेसँगै सार्वजनिक गरिने जनाइएको छ ।
FACEBOOK COMMENTS