काठमाडौं, चैत १२ – काठमाडौंको महानगरीय प्रहरी वृत बौद्धका वृतपति प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कार्की फागुन महिनाको उत्कृष्ट प्रहरी अधिकृतका रूपमा सम्मानित भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा प्रशंसनीय र उत्कृष्ट काम गरेबापत महिना–महिनामा उत्कृष्ट प्रहरी अधिकृतको सम्मान दिँदै आएको छ ।
लकडाउन र काठमाडौं केन्द्रित विरोध प्रदर्शनले गर्दा पुरस्कारको आयोजना गर्न केही समस्या आए पनि यस कार्यालयबाट प्रहरी अधिकृतको काम कारवाहीको मूल्यांकन गर्दै आइरहेको हुँदा पुस, माघ र फागुन महिनामा सर्वोकृष्ट र उत्कृष्ट प्रहरी अधिकृत छनोट गरी सम्मान गरेको परिसरले जनाएको छ ।
FACEBOOK COMMENTS