काठमाण्डौं– २०४२ सालबाट निर्माण कार्य थालिएको कालिकोटको सुनथराली विमानस्थल परीक्षण उडानमै सीमित भएको छ।
२०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलको संरचना निर्माणमा कसैको पनि चासो नजाँदा परीक्षण उडानमै सीमित विमानस्थल सीमित भएको छ।
परीक्षण उडान गरिएको डेढ वर्ष बित्दा समेत कोटबाडा विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर निर्माण लगायतका संरचना नवन्दा विमानस्लको काम अधुरै रहेको छ।
सडक संजालले नछोएको नरहरीनाथ गाउँपालिकाका स्थानीयले एक दिनको पैदल दुरी हिडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता रहेको छ।
विगतमा स्थानीय समिति हुँदा विमानस्थल निर्माण कार्य ढिलाई भएको नागरिक उड्ययन प्राधिकरणका आयोजना सुपरभाइजर गणेश विष्टले बताए।
विमानस्थल निर्माणका लागि हाल पुनः नागरिक उड्ययन प्राधिकरणले ठेक्का आह्वान गर्दै १५ करोडको ठेक्का स्विकृत गरेको छ।
– नागरीक
FACEBOOK COMMENTS