काठमाण्डौँ — अब वार्षिक ५ हजार शुल्क (प्रिमियम) मा १ करोड रुपैयाँसम्मको सम्पत्ति बिमा हुने भएको छ ।
हालै जारी भएको सम्पत्ति बिमा निर्देशिका (सम्पत्ति तथा घर बिमा) मार्फत सर्वसाधारणले यस्तो सुविधा पाउने भएका हुन् ।
यसका लागि बिमा समितिले हालको अग्नि बिमा लेख परिमार्जन गरी नयाँ ‘सम्पत्ति बिमा निर्देशिका ०७५’ जारी गरेको छ ।
सस्तो शुल्कमा धेरै प्रकारका जोखिम सुरक्षण गराउने उद्देश्यले समय सान्दर्भिक रूपमा विद्यमान अग्नि बिमालेख परिमार्जन गरिएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए ।
यो बिमा सुविधाका लिन सर्वसाधारणले माघ १ सम्म कुर्नुपर्नेछ ।
समितिले जारी गरेको उक्त बिमालेख ०७५ माघ १ देखि लागू हुने भएकाले नागरिकले थप २० दिन पर्खिनुपर्ने भएको हो ।
नयाँ निर्देशिकाअनुसार सम्पत्ति र घर गरी दुई प्रकारका बिमालेख हुनेछन् ।
जसमध्ये २ करोड रुपैयाँसम्मको आवासीय भवन वा घर, मठ मन्दिर, ध्यान तथा प्रार्थनास्थल तथा त्यसभित्र रहेको सम्पत्ति वा सामानको घर बिमालेखमार्फत गर्न सकिन्छ ।
२ करोड रुपैयाँभन्दा बढीका आवासीय घर तथा सबै प्रकार ९मूल्यका० व्यावसायिक सम्पत्तिको बिमा गर्दा सम्पत्ति बिमालेखअन्तर्गत गर्नुपर्नेछ ।
.— कान्तिपुर
FACEBOOK COMMENTS