काठमाडौं, वैशाख १ – सरकारले विद्युतीय सवारी साधानको प्रयोग बढ्दै जाँदा सरकारले सात वटै प्रदेशमा चार्जिङ स्टेसन राख्ने भएको छ । सरकारले विद्युतीय सवारी साधनलाई चाहिने स्टेसन बनाउने भएको हो ।
देशभरका ५० स्थानमा बनाइने चाजिङ स्टेसन बनाउन स्टेसनको आपूर्ति, जडान परिक्षण, सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी चिनियाँ कम्पनीले पाएको छ । ग्लोबल टेण्डरबाट चिनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेडले पाएको हो ।
नेपाल सरकार र उक्त कम्पनीबीच मंगलबार चार्जिङ स्टेसन बनाउन ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँको ठेक्का सम्झौता भएको छ । सञ्चालनमा आएको पाँच वर्षसम्म सोही कम्पनीले चाजिङ स्टेसनको मर्मतसम्भार गर्नुपर्ने छ ।
एसियाली वकास बैंकको सहयोगमा बन्ने उक्त विद्युतीय चार्जिङ स्टेसन निर्माणको काम चिनियाँ कम्पनीले एक वर्ष भित्र सक्नुपर्ने छ । स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिनेछ । जसबाट ठूला यात्रुबाहक बससहित तीन वटा सवारी साधान एकसाथ चार्ज गर्न मिल्नेछ ।
देशभरका सात प्रदेशमा बन्ने चार्जिङ स्टेसनको कन्ट्रोलरुम संघीय राजधानी काठमाडौंमा राखिने छ । चार्ज गरिसकेपछि सवारीसाधानले क्यूआर कोड र मोबाइल एपमार्फत विद्युत महशुलको भुक्तानी गर्न सक्ने बताइएको छ ।
ती चार्जिङ स्टेसन मूख्य राजमार्ग, बसपार्क र ठूला सहरमा बनाइने छ । यसैगरी, काठमाडौं उपत्यकाका सात स्थानमा स्टेसन राखिने कम्पनीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS