काठमाडौं, वैशाख २ – सामाजिक सुरक्षा कोषका योगदाकर्ताले स्वास्थ्यउपचारमा सुविधा पाउने भएका छन् । जसअनुसार कोषमा आबद्ध योगदानकर्तालाई कार्डका आधारमा स्वास्थ्य उपचारमा लाग्ने खर्चको ८० प्रतिशत रकम ब्यहोर्ने भएको हो ।
त्यसको परिक्षण सेवा सुरु भएको कोषले जानकारी दिएको छ । कोषमा हाल १०५ वटा अस्पताल वा स्थास्थ्य संस्था आबद्ध छन् । ती, अस्पतालसँगको सहकार्यमा कोषले स्थास्थ्य उपचारमा सुविधा दिने निर्णय गरेको हो ।
उपचारपछि बिलमार्फत कोषले दिने रकम पाउने प्रक्रिया झन्झटिलो भएको भन्ने गुणासो आएपछि कोषले यस्तो व्यवस्था गर्ने जानकारी दिएको छ ।
हालसम्म योगदानकर्ताले पहिला औषधी र उपचा खर्च अस्पतालमा तिर्ने र पछि कोषमा सोही बिल देखाएर दाबी गर्ने व्यवस्था छ । जुन, अब सिधै कोषले दिएको कार्डको आधारमा अस्पतालले नै दिनेछन् ।
FACEBOOK COMMENTS