काठमाडौं, वैशाख २ – नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रबद्र्धन गरेसँगै क्यूआर कोडमार्फत भुक्तानी गर्नेको संख्या वृद्धि भएको छ ।
राष्ट्र बैंकले पछिल्लो समय आफ्नै नेतृत्वमा देशका विविभन्न शहरमा क्यूआर कोड प्रणाली जडान गर्दै आएको छ । केन्द्रिय बैंकले तरकारी बजार, ई–रिक्सा, पान पसल, चिया पसल लगायत विभिन्न स्थानमा क्यूआर कोड प्रणाली जडान गर्दै आएको छ ।
सोहीकारण, सर्वसाधारण्ले यसप्रति चासो देखाउँदै प्रयोगसमेत बढाएका हुन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन महिनामा क्यूआरमार्फतको कारोबार ८४ करोड रुपैयाँले बढेको छ ।
अघिल्लो माघ महिनामा एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएकोमा फागुन महिनामा २ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको हो ।
FACEBOOK COMMENTS