काठमाडौं, वैशाख १३ – सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोरोना महामारी नियन्त्रण सम्बन्धमा आवश्यक निर्णय र निर्देशन जारी गर्ने बताइएको छ।पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमण जोखिमबारे छलफल हुने एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार आजको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण रोकथामका लागि गरेको सिफरिसबारे छलफल हुने बताइएको छ।
सीसीएमसीको आइतबारको बैठकले संक्रमण बढेको स्थानमा निषेधाज्ञासम्बन्धी निर्णय लिने अधिकार स्थानीय प्रशासनलाई दिनुपर्ने प्रस्ताव गरेको थियो।
सीसीएमसीको बैठकले आवश्यकता अनुसार लकडाउन गर्नुपर्ने प्रस्तावसमेत गरेको थियाे । यस्तै, पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भएका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको थियाे ।
FACEBOOK COMMENTS