काठमाडौं, वैशाख २२ – पर्सामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाए । स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई वैशाख १६ गते परिवारजनले अस्पतालमा भर्ना गराएका थिए । अस्पताल भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको डा. दासले बताए । उनले अर्को दिन आरटी-पिसिआर प्रविधि मार्फत उनको थ्रोट स्वाब परीक्षण गर्दा कोभिड पुष्टि भएको बताए ।कोभिड पुष्टि भएसँगै उनलाई अस्पतालको आईसीयू कक्षमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको डा. दासले बताए ।
एक वृद्धको मृत्युसँगै पर्सामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
FACEBOOK COMMENTS