काठमाडौं, वैशाख २२ – कैलालीमा मंगलबार रातिदेखि बुधबार विहानसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिए । जसमा कैलालीका तीन र डडेल्धुराका एक जना रहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुष, लम्कीचुुहा नगरपालिका–१ क ३७ वर्षीय पुरुष र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।टीकापुर अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. रमेशप्रसाद उपाध्यायले अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । उपाध्यायका अनुसार बुधबार बिहान लम्कीचुहा नगरपालिकाका ३८ वर्षीय पुरुष र टीकापुर नगरपालिकाका ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
FACEBOOK COMMENTS