काठमाडौं, वैशाख २३ – नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले सत्तारुढ दल नेकपा एमालेका शिर्ष नेताहरुलाई मेलमिलाप गरेर नयाँ राजनीतिक संस्कृतिको थालनी गर्न सुझाब दिएका छन् । सिंगो राष्ट्र र नागरिकको जनजीवन कोभिड–१९ महामारीले आक्रान्त भइरहेको तथा देशको अर्थतन्त्र थला परेको अवस्थामा राजनीतिक खिचातानी नगर्न उनले आग्रह गरेका हुन् ।
सबैभन्दा बढी जनादेश प्राप्त दललालाई आन्तरिक द्वन्द्वमा समय बिताउने छूट नभएको भन्दै अध्यक्ष ढकालले क्षमा, प्रेम र एकताको मार्गचित्र अनुशरण गर्दै मुलुकलाई निकास दिन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका ढकालले कठिन समयमा आफू हारेर पनि देश र जनतालाई जिताउने नेतृत्व नै इतिहासले कदर गर्ने बताउँदै यो अवसर एमालेका शीर्ष नेतृत्वलाई प्राप्त भएकाले खेर नफाल्न पनि आग्रह गरेका छन् । नेपाल परिवार दलले नेकपा एमालेसँग ३ बुँदे सहमति गरि गत निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव लडेको थियो ।
FACEBOOK COMMENTS