काठमाडौं, वैशाख २४ – चौंथो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । कोरोनाको कारण भर्चुअल रुपमा आयोजना भएको महोत्सवमा बिहिबार बलिउड निर्देशक अनुराग कश्यपले फिल्म निर्माणको बिषयमा आफ्ना अनुभव बाँडेका थिए ।विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ आयोजना भएको महोत्सवको उद्घाटन सत्रमा फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधिको फेस्टिभललाई शुभकामना समेत दिएका थिए ।महामारीले हाम्रो मनोबल कमजोर बनाएको छैन है भन्ने सन्देश दिन भर्चुअल रुपमै भएपनि फेस्टिभल आयोजना गरिएको आयोजक केपी पाठकले बताए ।
नेपाली चलचित्र र चलचित्रकर्मी लाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्य रहेको फेस्टिभलमा थुप्रै फिल्म प्रदर्शन हुनेछ ।कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, कलाकार नीर शाह, तुलसी घिमिरे लगायतले फिल्म, साहित्य र संगीतको बिषयमा धारणा राखेका थिए ।फेस्टिभलमा शुक्रबार फिल्म प्रदर्शन र नेपाली सिनेमा सम्बन्धी बहसहरू सञ्चालन हुनेछन् ।
FACEBOOK COMMENTS