काठमाडौं– दूरसञ्चार प्राधिकरणको अध्यक्षको अवकाश उमेर तोकिने भएको छ। संसदमा पुगेको ऐन संशोधनमा अध्यक्षको अवकाश उमेर तोक्ने प्रस्ताब गरिएको छ।
दूरसञ्चार ऐन २०५३ मा संशोधन हुने गरी अध्यक्षको अवकाश उमेर ६५ बर्ष तोकिएको छ। अब कार्यकाल पुरा नहुँदै अध्यक्षको उमेर ६५ बर्ष पुरा भएमा उसको जागिर जाने छ।
उमेर हद नतोक्दा बिवाद भएपछि सरकारले अवकाश उमेर कानुनमै उल्लेख गर्न खोजेको हो।
न्यायाधिसहरु पनि ६५ बर्षको उमेरमा अवकाश हुने ब्यवस्था छ। त्यसैले नियामक निकायको प्रमुखको पनि अवकाश उमेर तोकिनु पर्ने विश्लेषणका आधारमा ऐन संशोधन गर्न लागिएको हो।
FACEBOOK COMMENTS