काठमाडौं, वैशाख २८ । सरकारले जयनगर–जनकपुर रेल चलाउने चालकको क्षमता विज्ञान विषयमा ‘प्लस टू’ उर्तिण गरेका हुनुपर्ने कानुन ल्याएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ल्याएको अध्यादेशले यस्तो कानुनको व्यवस्था गरेको हो ।
राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेशको दफा १८ मा रेलचालक र सहचालकको योग्यता बारे व्यवस्था गरिएको छ । नियमअनुसार चालक अनुमतिपत्र पाउन विज्ञान विषयमा प्लस टू उर्तिण हुनैपर्ने व्यवस्था गरिएको हो ।
यसैगरी, रेल चालकको तालिम प्राप्त गरेको २५ वर्ष उमेर पुरा भई ५० वर्ष ननाघेका हुनुपर्ने समेत कानुनी व्यवस्था छ । शारिरिक वा मानसिक अवस्था स्वस्थ नभएको र दृश्यशक्ती कमजोर भएका व्यक्तीलाई भने चालकको अनुमति दिइने छैन ।
विदेशी मुलुकबाट रेल चालक र सहचालकको अनुमति पाएको भए पनि निवेदन दिएमा नियुक्त गर्न सकिने व्यवस्था अध्यादेशले गरेको छ ।
FACEBOOK COMMENTS