काठमाडौं, वैशाख २८ – कालीमाटी तरकारी तथा फलफूल बजार आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।कोरोनाको बढदो संक्रमणलाई ध्यान दिँदै जोखिम कम गर्न खुद्रा तथा कृषक बजार बन्द गर्ने कालीमाटी फलफल तथा तरकारी बजार बिकास समितिले निर्णय गरेको हो ।
समितिले सुचना निकालेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालिमाटी बजारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको लकडाउन अवधिभरका लागि बजार बन्द गर्ने निर्णय गरिएको जानकारी गराएको छ ।कृषक बजार २८ गते देखि लागू हुने गरि बन्द गरिने, खुदा बजार ३० गते देखि लागू हुने गरि बन्द गरिने र थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोवार जेठ १ गते देखिबन्द गरिने समितिले जनाएको छ ।थोक बजारमा प्याकेजिंग गरेर मात्रै विक्री वितरण गर्ने गराउने तयारी भइरहेका समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले बताए ।
एक वटा थोक पसलमा अधिकतम २ जना मात्र वसी सामाजिक दुरी कायम गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्ने निर्णय समेत भएको उनले बताए ।साथै बजार परिसर भित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज गरिने भएको छ । कृषकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड होल्डिंग यार्डमा वसी कारोबार गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS