काठमाडौं, वैशाख २८ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा (लकडाउन)लाई जेठ १३ गतेसम्म लम्ब्याइएको छ ।मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाको जारी निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेको हो ।
काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले निषेधाज्ञालाई थप कडाइ गर्दै अवधी थप गर्ने निर्णय भएको बताए । । पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने पराजुलीले बताए ।
FACEBOOK COMMENTS