काठमाडौं, वैशाख २८ – निषेधाज्ञा अवधीभर काठमाडौं उपत्यकास्थित खाद्यान्न तथा तरकारी बजारका पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको छ ।
बिहान ९ बजेसम्म खोल्न पाइने नियमलाई परिमार्जन गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १० बजेसम्म खोल्न पाइने निर्णय गरेका हुन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सर्वसाधारणको गुनासोलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको बताए ।कोरोनाभाइरस संक्रमण रोकथामका लागि लगाइएको निषेधाज्ञालाई जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय पनि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुले गरेका छन् ।
FACEBOOK COMMENTS