काठमाडौं, वैशाख ३१ । व्यवसायी तथा आईएमएस समूहका अध्यक्ष दिपक मल्होत्राले २२ सय ५० थान अक्सिजन सिलिन्डर ल्याउने तयारी थालेका छन् । नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष समेत रहेका मल्होत्राले चीनबाट सिलिन्डर आयातको प्रक्रिया थालेका हुन् ।
देशमा कोरोनाको दोस्रो लहर फैलिएपछि अक्सिजनभन्दा बढी अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ । यही बेलामा मल्होत्राले चीनमा साढे २२ थान सिलिन्डर आयातका लागि अर्डर गरेका हुन् ।
हरेक दिन अक्सिजनको अभावले बिरामीको मृत्यू भइरहेको समाचार सुनेर वाक्क भएका मल्होत्राले मृत्यूको संख्या घटाउन सिलिन्डर ल्याउने बताएका छन् ।
यसअघि नेपालमा मास्क अभाव हुँदा मल्होत्राले १५ दिनमै उद्योग स्थापना गरेर प्रशस्त मात्रामा मास्क उत्पादन गरेका थिए । उनले मास्क उत्पादन गरेर सस्तो मूल्यमा बजार पठाएका थिए ।
FACEBOOK COMMENTS