काठमाण्डौँ — माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनीबीच मोबाइलवालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ ।
सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीट र ए.एम.भी. टेलको तर्फबाट क्रमशःप्रमुखकार्यकारी अधिकृत अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहक एवंम सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् ।
साथै डोमेस्टिक रेमिटेन्सर बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् ।
बैंकले ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४२ स्थानबाट बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ ।
साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
FACEBOOK COMMENTS