काठमाण्डौँ – सरकारले रोक्कामा रहेका यातायात समितिका बैंक खाताबाट रकम निकाल्न दिने प्रक्रिया सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिका खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ ।
यातायात समितिले पेश गर्ने विवरणका आधारमा सरकारले समितिको खाताबाट रकम निकाल्न अनुमति दिनेछ ।
प्रशासन कार्यालयले समितिहरुका सवारी दुर्घटनाका घाइतेको उपचार खर्च, कार्यरत कर्मचारीको तलब, बिजुली र पानीको खर्च लगायतका विववरण ३५ दिनभित्र पेश गर्न भनेको छ ।
साउन १ देखि समितिहरु नवीकरण नगर्ने निर्णयका आधारमा स्वत खारेजीमा पर्ने यातायात समितिलाई सरकारले घुमाउरो निर्णय गर्दै अझै वैधानिकता दिइरहेको छ ।
त्यसैकारण सरकारले उनीहरुको रोक्का खाताबट रकम निकाल्न दिन लागेको हो ।
FACEBOOK COMMENTS