काठमाडौं, जेठ १९ – काठमाडौकाे चन्द्रागिरि नगरपालिका-१३ स्थित पुरानाे नैकाप कंकालीमा निर्माणाधिन पर्खाल एक्कासी भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको बेलुवा-८ की ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँपालिका-९ का २० वर्षीय टेकबहादुर चेपाङ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र काेइरालाले जानकारी दिए ।
प्लटिङको जमिनमा ढुंगाकाे पर्खाल लगाउने क्रममा एक्कासी उनीहरुमाथि पर्खाल खसेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । माथिबाट खसेको पर्खालले थिचेर उदयपुरको कटारीका २१ वर्षीय मिलन तामाङ र धादिङको गल्छी गाउँपालिका-२ का १८ वर्षीय हरि घले घाइते भएका छन् । उनीहरूकाे मनमोहन अस्पतालमा उपचार भइरहेकाे उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
FACEBOOK COMMENTS