काठमाण्डौँ — नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्था नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ चयन भएकी छिन् ।
सो संस्थाकी अध्यक्ष डा. अन्जान शाक्य इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएपछि रिक्त पदमा श्रेष्ठलाई चयन गरिएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।
नेपाल महिला चेम्बरको अध्यक्ष रहेकी डा. शाक्यलाई संस्थापक अध्यक्ष बनाई सम्मान गरिएको छ भने अध्यक्षमा उर्मिला श्रेष्ठलाई चयन गरिएको छ ।
चेम्बरले नवनियुक्त राजदूत डा. शाक्यलाई सम्मान र नवनियुक्त अध्यक्ष श्रेष्ठलाई स्वागत गरेको चेम्बरले जनाएको छ ।
FACEBOOK COMMENTS